काठमाडौँ, २०८२/८३ आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा
काठमाडौँ महानगरपालिका (केएमसी) ले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मेयर बालेन्द्र शाह (बालेन) ले आज १७औं नगर सभामा प्रस्तुत गर्दै काठमाडौँलाई डिजिटल युगको स्मार्ट सिटी र अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य को रूपमा विकास गर्ने रणनीति सुनाए।
प्रमुख घोषणाहरू:
- प्रविधि र संस्कृति एकीकरण: नगरलाई आईटी हब बनाउन को-वर्किङ स्पेस, डिजिटल नोम्याड अनुकूल पूर्वाधार निर्माण गरिने।
- बहुभाषिक सूचना प्रणाली: पर्यटक र नागरिकहरूका लागि सुलभ डिजिटल सेवा विस्तार।
- स्मार्ट सिटी पहल: सुरक्षित, हरियालीयुक्त र प्रदूषणमुक्त काठमाडौँ निर्माण।
मेयर शाहले यी योजनाहरूले रोजगारी सृजना गर्ने र नवप्रवर्तन लाई प्रवर्धन गर्ने बताए।
Leave a Reply