

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत डिप्लोमा तहको स्वास्थ्य शिक्षामा भर्ना प्रक्रिया रोकिएपछि शिक्षण संस्था सञ्चालक तथा शिक्षकहरू आन्दोलनमा उत्रिएका छन्। फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सले सीटीईभीटीमा धर्ना दिँदै भर्ना प्रक्रिया तत्काल सुरु गर्न माग गरेको छ।
कक्षा ११ को भर्ना प्रक्रिया समाप्ति नजिक पुग्दा पनि नर्सिङ, हेल्थ असिस्टेन्ट, फार्मेसी लगायत स्वास्थ्य शिक्षाको भर्ना नसकिएपछि हजारौं विद्यार्थीको भविष्य अन्योलमा परेको आरोप लगाइएको छ। आन्दोलनकारीहरूले भर्ना प्रक्रिया सुरु नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
सीटीईभीटी अन्तर्गत डिप्लोमा तहको स्वास्थ्य शिक्षा पठनपाठन गराउने २८३ वटा शिक्षण संस्था रहेका छन्, जसमा १३ विषयका ५५१ वटा कार्यक्रम सञ्चालनमा छन्। यी संस्थाहरूमा १९ हजार सिट क्षमता भएतापनि हरेक वर्ष भर्ना प्रक्रिया ढिलो हुँदा धेरै संस्थाहरूमा विद्यार्थी अभाव बढ्दै गएको छ।
सत्तारुढ दल एमाले, एनेरास्ववियुले पनि सीटीईभीटीका सदस्य सचिवलाई ज्ञापनपत्र बुझाउँदै तुरुन्त भर्ना प्रक्रिया सुरु गर्न आग्रह गरेको छ।

काठमाडौँ, २०८२/८३ आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा
काठमाडौँ महानगरपालिका (केएमसी) ले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मेयर बालेन्द्र शाह (बालेन) ले आज १७औं नगर सभामा प्रस्तुत गर्दै काठमाडौँलाई डिजिटल युगको स्मार्ट सिटी र अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य को रूपमा विकास गर्ने रणनीति सुनाए।
मेयर शाहले यी योजनाहरूले रोजगारी सृजना गर्ने र नवप्रवर्तन लाई प्रवर्धन गर्ने बताए।
Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!